गृहमन्त्री बादलसहितका नेताहरूलाई मन्त्रीबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्री बादलसहितका नेताहरूलाई मन्त्रीबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन


२९ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको आज बसेको स्थायी कमिटीको बैठकले गृहमन्त्री रामबहादुर थापा ‘बादल’सहितका मन्त्रीहरूलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ ।

सरकारमा रहेका गृहमन्त्री बादल, ऊर्जा मन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरीलाई पार्टीमा फिर्ता हुन निर्देशन दिएको हो।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरेका छन् । बादललाई भने बागमती प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ ।

एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका यी मन्त्रीहरूलाई २४ घण्टाभित्र स्पष्टीकरण माग गरिएको छ ।

भोलि ११ बजे केन्द्रीय कमिटी बैठकसमेत बोलाएको छ । चैत २ गतेका लागि राखिएको राष्ट्रियभेला भने अर्को सूचना जारी नभएसम्मलाई स्थगित गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस