जिल्ला प्रशासन कार्यालय काभ्रेका चार कर्मचारी बढुवा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जिल्ला प्रशासन कार्यालय काभ्रेका चार कर्मचारी बढुवा


२९ फाल्गुन २०७७, शनिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काभ्रेको बढुवा समितिको सचिवालयले चार जना कर्मचारीलाई नायब सुब्बा पदमा बढुवा गरेको छ ।

बढुवा समितिको सचिवालयले फागुन २६ गते गरेको निर्णय बमोजिम जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र कारागार कार्यालयमा रिक्त रहेको नायब सुब्बा पदमा ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि चार जना कर्मचारीलाई नायब सुब्बामा गरिएको हो ।

ज्येष्ठता तथा कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवाका लागि मालपोत कार्यालय काभ्रेपलान्चोक कार्यरत हरिप्रसाद हुमागाईँ, ज्योति कुमार भट्टराई र जिल्ला प्रशासन कार्यालय काभ्रेमा कार्यरत दुर्गा प्रसाद दाहाललाई  राजपत्र अनङ्कित प्रथम श्रेणी नायब सुब्बा पदमा बढुवा गरिएको हो ।

यसैगरी कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि कारागार कार्यालय काभ्रेपलान्चोकमा कार्यरत सन्तोष मिश्रलाई नायब सुब्बामा बढुवा गरिएको हो ।

नामावली :

 

Tags :
प्रतिक्रिया दिनुहोस