लेखा, राजश्व र लेखापरीक्षण समूहका १८ जना उपसचिवमा बढुवा(नामावलीसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

लेखा, राजश्व र लेखापरीक्षण समूहका १८ जना उपसचिवमा बढुवा(नामावलीसहित)


२९ फाल्गुन २०७७, शनिबार


समायोजन

काठमाडौँ ।  १८ जना अधिकृत उपसचिवमा बढुवा भएका छन् ।

कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाका लागि नेपाल प्रशासन सेवा अन्तर्गत लेखा, राजश्व र लेखापरीक्षण समूहका १८ जनालाई बढुवा समितिले शुक्रवार उपसचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

लेखा समूह अन्तर्गत ८ जना, राजश्व समूह अन्तर्गत ७ जना र लेखापरीक्षण समूहतर्फ ३ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

लेखा समूहअन्तर्गत ध्रुवराज गौतम, अर्जुन बराल, विष्णु प्रसाद पोख्रेल, पुष्पराज पौडेल, परशुराम क्षेत्री, राजेन्द्र कुमार श्रेष्ठ, मिठाराम सुवेदी र टंकनाथ काफ्ले सचिवमा बढुवा भएका छन् ।

यस्तै, राजश्व समूह अन्तर्गत बढुवा हुनेमा शशि भट्टराई, देवानन्द काफ्ले, रामबहादुर कार्की, कृष्णचन्द्र काफ्ले, जीवनाथ ज्ञवाली, संगीता (घिमिरे) सुवेदी र वसन्त राज तिवारी रहेका छन् ।

यसैगरी लेखापरीक्षण समूहतर्फ दामोदर अर्याल, किशोर दुरा, नारायण प्रसाद अधिकार उपसचिवमा बढुवा सिफारिस भएका हुन् ।

नामावली :

Tags :
प्रतिक्रिया दिनुहोस