जसपाले सत्ता समीकरणका विषयमा माओवादी केन्द्रसँग पनि छलफल गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपाले सत्ता समीकरणका विषयमा माओवादी केन्द्रसँग पनि छलफल गर्ने


प्रशासन संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसलगायत दलहरूसँग मिलेर जाने छलफल भएको बताएका छन्।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज अपरान्ह बसेको दुई पार्टीबीचका नेताहरूको बैठकपछि ठाकुरले आज केही सहमति नभएको पनि बताए।

उनले अव माओवादी केन्द्रसँग पनि छलफल गर्ने बताए । उनले भने, ‘मिलेर जाने विषयमा छलफल भयो। केही सहमति भएको छैन। वृहत छलफल गर्नुपर्ने आवश्यकता छ। हामी माओवादी केन्द्रसँग पनि छलफल गर्छौं,’

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आजको बैठकले सत्ता समीकरणको बहस प्रवेश पाएको बताए । शर्माले भने, ‘छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका काँग्रेसले खेल्नुपर्छ भन्ने उहाँहरूको भनाइ आएको छ । भोलि माओवादीसँग पनि छलफल गर्छौ । ‘

जसपाले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस