नेकपा एमालेका खनाल-नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेकपा एमालेका खनाल-नेपाल समूहले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक


२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार महासचिवबाहेकका पदाधिकारीहरु हटाउने,आफ्ना समूहका नेताहरुको जिम्मेवारी खोस्ने र एकतर्फी रुपमा गरेको महाधिवेशनको मिति घोषणापछि खनाल-नेपाल समूहले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

प्रधानमन्त्री ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हने निर्णय गरेका हुन्

उक्त बैठकले माधवकुमार नेपाल पक्षका केही नेताहरुको जिम्मेवारी खोसेको छ भने पार्टीको महासचिवबाहेक अरु पदाधिकारी हटाउने निर्णय गरेका छन्

प्रधानमन्त्री ओलीले सातै प्रदेशका इन्चार्जको जिम्मेवारी समेत हेरफेर गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस