एमालेको महाधिवेशन आगामी मंसिर २ देखि ६ गते सम्म « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एमालेको महाधिवेशन आगामी मंसिर २ देखि ६ गते सम्म


२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । नेकपा एमालेको दशौं महाधिवेशन आउँदो मंसिर २ देखि ६ गतेसम्म हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सरकारी निवास बालुवाटारमा आफू निकट नेताहरुको बैठक राखेर महाधिवेशनको मिति तोक्ने निर्णय गरेका हुन् ।

उक्त बैठकले माधवकुमार नेपाल पक्षका केही नेताहरुको जिम्मेवारी खोसेको छ भने पार्टीको महासचिवबाहेक अरु पदाधिकारी हटाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले सातै प्रदेशका इन्चार्जको जिम्मेवारी समेत हेरफेर गरेका छन् । जिम्मेवारी हेरफेर क्रममा बागमती र सुदूरपश्चिम प्रदेशको नेतृत्व पूर्वमाओवादी केन्द्रबाट आएका नेताले पाएका छन् ।

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यलाई हटाएर रामबहादुर थापालाई इन्चार्जको जिम्मेवारी दिइएको छ भने भीम रावललाई हटाएर एमाले सूदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी लेखराज भट्टलाई दिइएको छ ।

त्यसैगरी प्रदेश १ मा सुवासचन्द्र नेम्वाङ, प्रदेश २ मा सत्यनाराण मण्डल, गण्डकीमा पृथ्वीसब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल र कर्णालीमा यमलाल कडेँल एमाले इन्चार्ज बनेका छन् ।

 

Tags :
प्रतिक्रिया दिनुहोस