एमालेमा ओली समूहको निर्णय : महासचिवबाहेक सबै पदाधिकारीको जिम्मेवारी खारेज « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

एमालेमा ओली समूहको निर्णय : महासचिवबाहेक सबै पदाधिकारीको जिम्मेवारी खारेज


२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महासचिवबाहेक सबै पदाधिकारीलाई हटाएका छन् ।

एमाले अध्यक्ष ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खारेज गरेका हुन्।

सोही बैठकले माओवादी केन्द्रबाट आएका रामबहादुर थापा’ बादल’ सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित समेत गरेका छन्।

आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।

त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।

साथै माओवादी केन्द्रबाट आएका रामबहादुर थापा बादललाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस