साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

साढे २ किलो युरेनियमसहित ४ जना पक्राउ


२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । २ किलो ५ सय ग्राम युरेनियमसहित प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट खटिएको टोलीले बिहीबार बौद्धबाट उनीहरुलाई पक्राउ गरेको हो ।

युरेनियमसहित पक्राउ पर्नेहरुमा रामेछापका ४० वर्षीय नारायणसिंह तामाङ, लिखु तामाकोशी गाउँपालिकाकी ४० वर्षीया जानुका तामाङ, रामेछापकै २० वर्षीया प्रकाश चौहान र सिन्धुलीका २० वर्षीय मनोज न्यौपाने रहेको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी हरिबहादुर पालले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनीहरुलाई अहिले ५ दिनको म्याद लिएर काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको पनि प्रहरीले बताएको छ । बरामद भएको बस्तु युरेनियम नै भएको कुरा खुमलटारस्थित नास्टको प्रयोगशालाबाट प्रमाणित भएको पनि एआईजी पालले बताए ।

पक्राउ पर्नेहरुविरुद्ध विस्फोट पदार्थ ऐन २०१८ बमोजिम छानबिन र अनुसन्धान अघि बढाइने पनि पालले बताए ।

यति ठूलो परिमाणमा युरेनियम कहाबाट आयोभन्नेबारे अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस