९५ हजार घुससहित पक्राउ परेकी इन्जिनियर कार्कीविरुद्ध मुद्दा दायर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

९५ हजार घुससहित पक्राउ परेकी इन्जिनियर कार्कीविरुद्ध मुद्दा दायर


२८ फाल्गुन २०७७, शुक्रबार


अख्तियार

काठमाडौँ । धादिङको गंगाजमुना गाउँपालिकामा कार्यरत इन्जिनियर पूजा कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

ठेक्का सम्झौताअनुसारको काम सम्पन्नपश्चात बिल भुक्तानी र प्राविधिक परीक्षण प्रतिवेदन तयार गर्ने प्रयोजन समेतको कामका लागि सेवाग्राहीसँग अतिरिक्त रकम माग गरेको भन्ने सूचनाका आधारमा खटिएको आयोगको टोलीले इन्जिनियर कार्कीलाई ९५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो।

सम्बन्धित समाचार: ९५ हजार घुससहित गाउँपालिकाकी इन्जिनियर पक्राउ

अनुसन्धानको सिलसिलामा जिल्ला धादिङ्ग, गंगा जमुना गाउँपालिकामा कार्यरत लेखा अधिकृत अर्जुन प्रसाद सापकोटा र इन्जिनियर पुजा कार्कीले बाटोको ट्रयाक खोल्ने कार्यको सम्झौता भई काम सम्पन्नपछि पश्चात बिल भुक्तानी दिने क्रममा लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको निर्देशनमा कार्कीले आफू र लेखा अधिकृत अर्जुन प्रसाद सापकोटाको लागि ९५ हजार घुस लिएको अवस्थामा बरामद भएको पुष्टि हुन आएको आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जनाएका छन् ।

दुवै जनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ( १) र दफा ३ को उपदफा ( १) को देहाय ( ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबीसहित विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको प्रवक्ता रिसालले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस