सुनको मूल्यमा पुन : गिरावट « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

सुनको मूल्यमा पुन : गिरावट


प्रशासन संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौँ । आज (शुक्रबार) नेपाली बजारमा सुनको मूल्यमा गिरावट देखिएको छ ।

नेपाली बजारमा बुधबारको तुलनामा बिहीबार सुनको मूल्यमा केही वृद्धि देखिएता पनि शुक्रबार सुनको मूल्य पुन: घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ८६ हजार २०० रुपैयाँमा कारोबार भएको हो । नेपाली बजारमा बुधबार ८६ हजार २०० मा कारोबार भएको सुन बिहीबार भने ६ सयले वृद्धि भएर तोलाको ८६ हजार ८०० पुगेको थियो ।

यस्तै शुक्रबार तेजावी सुन तोलामा ८५ हजार ७५० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच शुक्रबार चाँदीको मूल्य पनि घटेर १२७० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य तोलामा १२८५ रुपैयाँमा कारोबार भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस