चैत १ गते एमालेको केन्द्रीय कमिटी बैठक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चैत १ गते एमालेको केन्द्रीय कमिटी बैठक


प्रशासन संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं । चैत १ गते आइतबार नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्न लागेको छ।

आइतबार केन्द्रीय कमिटी बैठक बस्न लागेको एमालेका सचिव प्रदिप ज्ञावलीले बताए । केन्द्रीय सदस्यहरूलाई बैठकबारे उक्त पार्टीले जानकारी पठाउँदैछ। तर बैठक कति बजे, कहाँ बस्ने भन्नेबारे तोकिसकिएको भने छैन।

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरेपछि एमाले ब्युँतिएको थियो। सर्वोच्चको फैसलापछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो। एमालेका नेता झलनाथ खनाल र माधव नेपाललगायतले प्रधानमन्त्री केपी शर्मा ओलीका कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै आइरहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस