जसपाका तीन बुँदे सर्तमा प्रधानमन्त्री सकारात्मक « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जसपाका तीन बुँदे सर्तमा प्रधानमन्त्री सकारात्मक


२७ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । जनता समाजवादी पार्टी(जसपा) ले सरकारमा सहभागी हुनका लागि राखेका तीन बुँदे सर्तमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् ।

बिहीबार एमाले शीर्ष नेताहरूलाई राखेर प्रधानमन्त्री ओलीले जसपाका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राईलगायतका नेता एमालेसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल गरेका थिए ।

कैदी बन्दीको रिहाइ, मुद्दा फिर्ता र संविधान संशोधन बटम लाइन राखेका जसपाको मागप्रति प्रधानमन्त्रीले आफू सकारात्मक बताएको एक सहभागीले बताएका छन् ।

एमालेले जसपासँग वार्ता गर्न सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको एक कार्यदल बनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस