यौन दुर्व्यवहारमा मुछिएका जर्नेलसहित दुइ सैनिक बर्खास्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

यौन दुर्व्यवहारमा मुछिएका जर्नेलसहित दुइ सैनिक बर्खास्त


२७ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । महिला सैनिकलाई यौन दुर्व्यवहार गरेको भन्दै नेपाली सेनाका सहायक रथी पंकज कार्कीलाई बर्खास्त गरिएको छ ।

सङ्गठनभित्रकै महिला सैनिक अधिकृतसँग यौन दुर्व्यवहार गरेको प्रमाणित भएपछि २८ नम्बर बाहिनी सिराहाका बाहिनीपति कार्कीलाई नेपाली सेनाले बर्खास्त गरिएको हो ।

पदीय मर्यादा र सैनिक अनुशासन तथा आचरण विपरीतको कार्य गरेको कसुरमा उनीहरू दुबैजनालाई बर्खास्त गरेको सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले प्रशासनलाई बताए । उनीहरूलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी बर्खास्त गरिएको हो ।

कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि सैनिक मुख्यालयले एक उच्च अधिकृतको नेतृत्वमा गठन गरेको कोर्ट अफ इन्क्वायरीले महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको पुष्टि गरेपछि सेनाले कार्कीलाई सेवाबाट बर्खास्त गरेको सैनिक स्रोतले जनाएको छ ।

कार्कीसँगै उक्त घटनामा मुछिएकी महिला सैनिक अधिकृतलाई पनि बर्खास्त गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस