पारामेडिक्स नर्सिङतर्फका २७४ स्वास्थ्यकर्मीको स्तरवृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पारामेडिक्स नर्सिङतर्फका २७४ स्वास्थ्यकर्मीको स्तरवृद्धि


२७ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले २ सय ७४ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको छ । विभागले पारामेडिक्स तथा नर्सिङतर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जनाएको छ ।

विभागले २०७६ साल असारमा निवेदन दर्ता भई आवश्यक प्राप्त कागजातहरूका आधारमा पारामेडिक्स तथा नर्सिङतर्फका स्वास्थ्यकर्मीको स्तरवृद्धि गरेको हो ।

पारामेडिक्सतर्फ चौथो तहका १ सय १३ जनाको पाचौं तहमा स्तरवृद्धि गरेको छ ।

पाँचौ तहबाट १ सय ७ जनालाई छठौं तहमा स्तरबृद्धि गरेको विभागले जनाएको छ । विभागले नर्सिङ तर्फका पाचौं तहका ५४ जनाको छैठौं तहका स्तरबृद्धि गरेको हो ।


Tags :
प्रतिक्रिया दिनुहोस