एक लाख ६३ हजार नक्कली नोटसहित दुई जना पक्राउ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एक लाख ६३ हजार नक्कली नोटसहित दुई जना पक्राउ


२७ फाल्गुन २०७७, बिहिबार


पक्राउ

काठमाडौँ । काठमाडौँको सुकेधाराबाट नक्कली नेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुकेधारास्थित एक डान्सबारबाट १ हजार रुपैयाँका १६३ थान नक्कली नोटसहित बुधबार राति दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे गाउँपालिका–३ घर भई काठमाडौँको बौद्ध बस्ने २१ वर्षीय विजय तामाङ र बाह्रबिसे गाउँपालिका–४ घर भई काभ्रेको बनेपा बस्ने ३० वर्षीय ध्रुव श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरुलाई बुधबार राति पक्राउ गरेको हो ।

उनीहरुको साथबाट १ लाख ६३ हजार रुपैयाँ नक्कली नोट बरामत गरिएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस