बाराको कलैया उपमहानगरपालिका-८ का वडाध्यक्षको निधन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बाराको कलैया उपमहानगरपालिका-८ का वडाध्यक्षको निधन


२७ फाल्गुन २०७७, बिहिबार


वीरगञ्ज । बाराको कलैया उपमहानगरपालिका–८ का वडाध्यक्ष विक्रम यादवको निधन भएको छ । काठमाडौस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा यादवको आज(बिहीबार)बिहान निधन भएको हो ।

एक सातादेखि लिभर सिरोसिसको उपचार गराइरहेका यादवको बिहान १० बजेतिर मृत्यु भएको त्रिवि शिक्षण अस्पतालले जनाएको छ । पाँच महिनाअघि लिभरमा समस्या भएपछि उनले त्यसको उपचार गराइरहेका थिए ।

स्वास्थ्यमा थप समस्या आएपछि एक सातादेखि यादव शिक्षण अस्पतालमा भर्ना भएका थिए ।

यादव स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए । यादवका चारजना छोरा र तीनजना छोरी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस