कारुणिक गीत ‘बिधुवा’ बजारमा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कारुणिक गीत ‘बिधुवा’ बजारमा


प्रशासन संवाददाता

२७ फाल्गुन २०७७, बिहिबार


काठमाडौँ । मन्जरी गीतबाट चर्चामा आएका गायक तथा सर्जक बिर्ख बिश्वकर्माले मार्मिक गीत ‘विधुवा ’ बजारमा लिएर आएका छन् । बिर्ख बिश्वकर्मा र भावना धामीको स्वर रहेको उक्त गीतलाई बिश्वकर्माले आफनो गृह जिल्ला जुम्ला पुगेर भिडियो निर्माण गरेका छन् । बिश्वकर्माको आफ्नै शब्द तथा संगित रहेको उक्त गीतमा तिलक ओलीले म्युजिक एरेन्ज गरेका छन् ।

कोरोनाका कारण सरकारले लकडाउन गरेको बेला जुम्लाको पर्यटकीय स्थल सिञ्जामा पुगेर भिडियो निर्माण गरिएको हो । गीतले दर्सक तथा श्रोताहरुको मन जित्नेमा बिश्वकर्मा ढुक्क छन् । मौसम प्रतिकुल भैदिँदा भिडियो निर्माण गर्न एक हप्ता लागेको भिडियोका निर्देशक पदम बिन्दास रोकायले जानकारी गराए । भिडियो रोकाय आफैले खिचेका हुन् भने, सम्पादन मिन रावल गरेका छन् ।

आफुले माया गरेको मान्छेको अचानक मृत्यु भएपछि जिवनमा आउने भोगाइलाई गीतको कथाले बोकेको छ। भिडियोमा गोमानसिङ्ग सार्की र निरु आरसीको अभिनय हेर्न सकिन्छ भने, उक्त गीतलाई बाबा इन्टरटेन्मेन्ट टिभीले उत्पादन तथा बजार ब्यबस्थापन गरेको छ ।

भिडियो यहाँ हेर्न सकिन्छ:

Tags :
प्रतिक्रिया दिनुहोस