कर्णाली राजमार्गको दैलेखमा माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णाली राजमार्गको दैलेखमा माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु, १९ घाइते


२७ फाल्गुन २०७७, बिहिबार


दैलेख । कर्णाली राजमार्गअनर्गत दैलेखको स्यालघाटमा माइक्रोबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १९ जना घाइते भएका छन् ।

दैलेख आठविस– १ स्यालघाटमा बिहीबार बिहान ११ बजेको समयमा माइक्रोबस दुर्घटना भएको हो । कालीकोटबाट सुर्खेतर्फ आउँदै गरेको कर्णाली प्रदेशको ०२००१ ख ०२४७ नम्बरको माइक्रोबस दर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बसमा सवार २१ यात्रु मध्ये दुई जनाको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा कालिकोट शुभ गाउँपालिका– १ का ३७ वर्षीय जितेन्द्र शाही र नरहरि गाउँपालिका स्थित २१ वर्षीय कमल वि.क रहेका छन् ।

दुर्घटनामा परि घाइते मध्य २ जनाको अवस्था गम्भीर रहेको र १७ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले प्रशासनलाई बताए ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठका अनुसार घाइते मध्ये ११ जनालाई एम्बुलेन्स मार्फत उपचारका लागि सुर्खेत पठाएको छ । बस सडकबाट १०० मिटर तल खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस