टुइकुनामा माइक्रोबस दुर्घटना : एकको निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

टुइकुनामा माइक्रोबस दुर्घटना : एकको निधन


२७ फाल्गुन २०७७, बिहिबार


कर्णाली । कर्णाली राजमार्गअन्तर्गत टुइकुनामा आज बिहान माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । मृत्यु हुनेमा शुभाकालिका गाउँपालिका भर्ता कालीकोटका ३७ वर्षीय दीपेन्द्रबहादुर शाही रहेको प्रहरी चौकी पाल्तडाले जनाएको छ ।

चौकीका अनुसार गम्भीर घाइते सात जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको तथा तीन जनाको स्थानीय रामघाटमा मेडिकलमा उपचार भइरहेको छ । राजमार्गको दैलेख सडकखण्डको आठबीस नगरपालिका–१ टुइकुनामा कालीकोटबाट सुर्खेतका लागि छुटेको कर्णाली प्रदेशको ०२००१ख२४७ नंको माइक्रोबस दुर्घटना भएको हो ।

घाइते १० मध्ये गम्भीरावस्थाका सात जनालाई एम्बुलेन्समार्फत सुर्खेत पठाइएको स्थानीयवासी नैनबहादुर शाहीले टेलिफोनबाट जानकारी दिए । उनले भने, ‘म उद्धारमा छु, बस दुर्घटनाको कारण खुलेको छैन । बस राजमार्गबाट ५० मिटर तल खसेको छ । बसमा कालीकोटबाट १५ यात्रु सवार थिए । उद्धार जारी छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस