पश्चिम बंगलकी मुख्यमन्त्री ममता बेनर्जीमाथि आक्रमण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पश्चिम बंगलकी मुख्यमन्त्री ममता बेनर्जीमाथि आक्रमण


एजेन्सी

२७ फाल्गुन २०७७, बिहिबार


कलकत्ता । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बेनर्जीले आफूमाथि आक्रमण भएको बताएकी छन् । ६६ वर्षीया बेनर्जीले बुधवार नन्दीग्राममा विधानसभा चुनावका लागि मनोनयन दर्ता गरेपछि आफूमाथि आक्रमण भएको बताएकी हुन् ।

मनोनयन दिएर मन्दिर दर्शन गर्न गएकी बेनर्जीलाई सुरक्षा गार्ड नभएका बेला ४/५ जनाको समूहले गाडीमा धकेलेको र जबरजस्ती ढोका लगाइदिएको उनको भनाइ छ ।

मनोनयन दिएर बुधवार नन्दीग्राममै बस्ने योजना बनाएकी बेनर्जी आक्रमणपछि बुधवार नै कलकत्ता फर्किएकी छन् । उनलाई अहिले अस्पतालमा भर्ना गरी परीक्षण थालिएको छ ।

विपक्षी पार्टीहरूले भने चुनावको समयमा त्रिणमूल कंग्रेसले राजनीतिक नाटक गरेको बताएका छन् ।

बेनर्जी सन् २०११ देखि पश्चिम बंगालकी मुख्यमन्त्री छन् । उनलाई पश्चिम बंगालमा दिदी उपनामले चिनिन्छ । त्यहाँ २७ मार्चदेखि विधानसभाको लागि मतदान हुँदै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस