आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रंगेहात पक्राउ « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत रंगेहात पक्राउ


२७ फाल्गुन २०७७, बिहिबार


अख्तियार

जनकपुरधाम । आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर अधिकृत एक लाख ५० हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कर अधिकृत रमेश ढकाललाई एक जना बिचौलियासँगै घुस रकमसहित पक्राउ गरेको हो ।

कर अधिकृत ढकाल र बिचौलिया नवीन कर्णलाई सेवाग्राहीबाट १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गर्दा पक्राउ गरिएको आयोगले जनाएको छ ।

बुधवार साँझ स्थानीय अन्नपूर्ण होटेलमा बसेर सेवाग्राहीसँग घुस लिँदै गर्दा दुवै जना पक्राउ परेका हुन् । दुवै जनाले एक जना डिष्टिलरी उद्योगीसँग कर बापतको रकम मिलाइदिने नाममा घुस लिएको अख्तियारको भनाइ छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस