आ-आफ्नो तहको नतिजा पठाउन गाउँ र नगरपालिकालागि सामान्य प्रशासनको परिपत्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आ-आफ्नो तहको नतिजा पठाउन गाउँ र नगरपालिकालागि सामान्य प्रशासनको परिपत्र


२६ फाल्गुन २०७७, बुधबार


समायोजन

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकाहरुलाई आ–आफ्नो तहको स्वमूल्याङ्कन गरी प्राप्त नतिजालाई मन्त्रालयबाट तयार गरिएको सफ्टवेयरमा प्रविष्टि गर्ने व्यवस्था मिलाउन पत्राचार गरेको छ ।

स्थानीय तहको संस्थागत क्षमताको स्वमूल्याङ्कनबाट नेपालको संविधान तथा प्रचलित कानुनको मर्म र भावना अनुसार स्थानीय तह सञ्चालन गर्न, स्थानीय तहका असल अभ्यासलाई संस्थागत गर्न तथा सुधार गर्नु पर्ने विषयलाई समयमै पहिचान गरी स्थानीय तहको प्रवभकारीता वृद्धि गर्न सहयोग पुग्ने भएकोले मन्त्रालयबाट स्वीकृत कार्यविधि अनुसार प्रदेशस्तरीय प्रशिक्षहरुको सहयोग लिई प्राप्त नतिजा राख्न भनेको हो ।

स्थानीय तहको स्वमूल्याङ्कनमा सहयोग पुर्‍याउन मन्त्रालयले सातै प्रदेशमा प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिसकेको र उक्त प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रशिक्षकहरूलाई प्रदेश प्रशिक्षण प्रतिष्ठान तथा प्रदेश सुशासन केन्द्रमार्फत स्थानीय तहको स्वमूल्याङ्कन कार्यमा सहजीकरण गर्न खटाउने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

हेर्नुहोस् सूचना:

Tags :
प्रतिक्रिया दिनुहोस