आईपीओ निष्कासन गर्ने तयारीमा यी तीन कम्पनी, बोर्डसँग मागे अनुमति « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

आईपीओ निष्कासन गर्ने तयारीमा यी तीन कम्पनी, बोर्डसँग मागे अनुमति


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । दुई लघुवित्त र एक हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन  गर्ने तयारी गरेको छ।

जीवन विकास लघुवित्त, सयपत्री हाइड्रोपावर र मनकामना स्मार्टले प्रथम शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको हो । यी तीन कम्पनीले आईपीओ निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छन् ।

मनकामना लघुवित्तले ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन गर्न माग गरेको छ । उक्त लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । यसले सय रुपैयाँ अंकित मूल्यमै प्राथमिक सेयर जारी गर्नेछ ।

त्यस्तै जीवन विकास लघुवित्त वित्तीय संस्थाले पनि १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशनको अनुमति मागेको छ । जीवन विकासको शेयर निष्काशन तथा बिक्री प्रबन्धक पनि एनएमबी क्यापिटल रहेको छ ।

यसैगरी सयपत्री हाइड्रोपावरले पनि स्थानीय तथा सर्वसाधारणको लागि गरी ९ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति माग गरेको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस