नेप्सेमा सामान्य गिरावट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेप्सेमा सामान्य गिरावट


प्रशासन संवाददाता

२६ फाल्गुन २०७७, बुधबार


काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज ३.४ अंकले घटेको छ । बुधबार (आज) दोस्रो बजारमा कारोबार भएका १२ उपसमूहमध्ये ७ वटा सूचक बढे पनि लघुवित्त र जीवन बिमा उपसमूह नेगेटिभ बन्दा बजार झिनो अंकले घटेको छ ।

साताको पहिलो दिनदेखि निरन्तर घटेको कारोबार रकममा बुधबार पनि संकुचन देखिएको छ । यसले बजारलाई ‘पर्ख र हेर’को अवस्थाको संकेत गर्छ । मंगलबारको तुलनामा आज कारोबार रकम ६५ करोडले घटेर ४ अर्ब १० करोडमा सीमित भएको छ ।

बुधबार २०५ कम्पनीको ७८ लाख १६ हजार १४ कित्ता सेयर ४६ हजार ९४ पटक दोस्रो बजारमा कारोबार भएको थियो । जुन मंगलबारको तुलानमा धेरै कम हो । मंगलबार दोस्रो बजारमा १२ करोड ४८ लाख २४ हजार कित्ता सेयर ५२ हजार ५९१ पटक खरिद बिक्री भएको थियो ।

लगानीकर्ताहरुको खरिद बिक्री चाप बुधबार नेपाल टेलिकम, पूर्वाधार विकास बैंक र अरुण भ्याली हाइड्रोपावर कम्पनीको सेयरमा रह्यो । बुधबार (आज) चन्द्रागिरी हिल्स, नेपाल आइड्रो डेभलपर्स र घलेम्दी हाइड्रो डेभलपर्स कम्पनीका सेयरधनी बजारमा धेरै कमाउने लगानीकर्ता रहेका छन् । रैराङ हाइड्रोपावर, मिथिला लघुवित्त वित्तिय संस्था, शिखर इन्स्योरेन्सका लगानीकर्ताको बजारबाट ४ प्रतिशतसम्म नोक्सानी ब्यहोरे ।

Tags :
प्रतिक्रिया दिनुहोस