पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना पुष्टि, ६३ जना संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना पुष्टि, ६३ जना संक्रमणमुक्त


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घन्टामा ३ हजार ४८८ पीसीआर परीक्षण भएकोमा थप १०४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार ९७३ पुगेको छ।

आज (बुधबार) ६३ जना कोरोना संक्रमित संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७१ हजार ५० पुगेको छ।

बुधबार कोरोना संक्रमणबाट कसैको पनि ज्यान गएको छैन् । हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२ पुगेको छ।

देशभर हालसम्म ९११ जना सक्रिय संक्रमित रहेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस