एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयको बोर्ड पनि फेर्‍यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एमालेले सिंहदरबारस्थित संसदीय दलको कार्यालयको बोर्ड पनि फेर्‍यो


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । नेकपा एमालेले संसदीय दलको कार्यालयबाट नेकपाको साइनबोर्ड हटाएर एमालेको बोर्ड राखेको छ । यसअघि रहेको नेकपा नामको साइनबोर्ड हटाएर नेकपा एमाले नामको बोर्ड राखिएको हो ।

गत आइतबार सर्वोच्च अदालतको फैसलाबाट नेकापाबाट एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि कार्यालयहरुमा साइन बोर्ड तथा नेताहरुको नेम प्लेट फेर्ने क्रम जारी छ ।

यस्तै सोमबार धुम्बाराहीस्थित पार्टी कार्यालयमा पनि नेकपा एमालेको बोर्ड राखेको थियो । पेरिसडाँडाको कार्यालयमा भने माओवादी केन्द्रको बोर्ड राखिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस