महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महाशिवरात्रिको तयारीस्वरुप पशुपतिनाथ क्षेत्रमा सफाइ


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौँ । महाशिवरात्रिको तयारीस्वरुप आज बिहान पशुपतिनाथ मूल मन्दिर क्षेत्र सफाइ गरिएको छ ।

महाशिवरात्रि पर्वलाई स्वच्छ र सफा वातवरणमा सम्पन्न गराउन पशुपति क्षेत्र विकास कोषले गठन गरेको वातावरण सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था उपसमितिको आयोजनामा आज बिहान सफाइ गरिएको हो ।

सफाइबाट चार गाडी फोहर व्यवस्थापन गरिएको उपसमिति संयोजक एवं वाग्मती सफाइ अभियानकर्मी आशा पाण्डेले जानकारी दिइन् ।

साधु सन्त एवं भक्तजनका लागि भण्डारा लगाएको स्थानमा बढी फोहर देखिएको पनि उनले बताए । कोषले भण्डारा लगाउने जिम्मा पाएका सङ्घ संस्थाका पदाधिकारीलाई फोहर व्यवस्थापन गर्न निर्देशन दिएको छ ।

भण्डारा लगाउँदा आएको फोहर पशुपति क्षेत्रमा फालेमा कालोसूचीमा राखी अर्को पटकदेखि पशुपति क्षेत्रमा सेवा गर्ने अवसरबाट वञ्चित गरिने निर्देशन दिइएको छ । कोषले आज बेलुकी पशुपति क्षेत्रमा विशेष अनुगमन गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस