माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दै


२६ फाल्गुन २०७७, बुधबार


काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।

पछिल्लो राजनीतिक अवस्थामा केन्द्रित रही बैठकमा छलफल गरिने एक नेताले जानकारी दिएका छन् । बैठकमा सरकारलाई दिएको समर्थन, नयाँ सत्ता समीकरण, पार्टी सुदृढीकरणलगायतका विषयमा पनि छलफल हुने बताइएको छ ।

मंगलबार माओवादी अध्यक्ष प्रचण्डले सत्ता समीकरणका विषयमा कांग्रेस सभापति शेरबहादुर देउवा र जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग पनि छलफल गरेका थिए ।

नयाँ सत्ता समीकरण नबनेसम्म केपी शर्मा ओलीलाई दिएको समर्थन कायमै राख्ने रणनीति माओवादी केन्द्रले बनाएको स्रोतले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस