प्रतिनिधि सभाको दोस्रो बैठक आज « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

प्रतिनिधि सभाको दोस्रो बैठक आज


२६ फाल्गुन २०७७, बुधबार


विकास र समृद्धि

काठमाडौँ । विघटित प्रतिनिधि सभा पुनः स्थापनापछि बुधवार(आज) दोस्रो बैठक बस्दै छ।

गत आइतबार प्रतिपक्षीको विरोधपछि स्थगित भएको पहिलो बैठकमा विभिन्न ७ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेका छन् ।

फागुन २३ गते संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बैठक अवरुद्ध पारेको थियो भने तत्कालीन नेकपाको माधव–प्रचण्ड पक्षका सांसदले पनि बैठक बहिष्कार गरेका थिए।

सम्बन्धित समाचार : यस्ता छन् भोलिको प्रतिनिधिसभा बैठकमा पेस हुने ७ अध्यादेश

विरोधपछि सभामुख अग्नि सापकोटाले बैठक फागुन २५ सम्मका लागि स्थगन गरी फागुन २६ का लागि अर्को बैठक बोलाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस