ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

ग्लोबल आइएमई बैंकका ८ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न ८ नयाँ स्थानमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले इलामको नेपालटार, सिराहाको बन्दीपुर, रसुवाको थुमन, तनहुँको टुहुरे पसल, कैलालीको मिलन चोक, लमजुङको कोइराला फाँट, बाँकेको सिमलघारी र अर्घाखाँचीको रतनमारेमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले इलामको इलाम नगरपालिका वडा नं. १, नेपालटार, सिराहाको कर्जन्हा नगरपालिका वडा नं. २, बन्दीपुर, रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. १, थुमन, तनहुँको भानु नगरपालिका वडा नं. ११, टुहुरे पसल, कैलालीको जानकी गाउँपालिका वडा नं. ७, मिलन चोक, लमजुङको सुन्दर बजार नगरपालिका वडा नं. १०, कोइराला फाँट, बाँकेको खजुरा गाउँपालिका वडा नं. ६, सिमलघारी र अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ६, रतनमारेमा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्ने बैंकको भनाइ छ । शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा सङ्ख्या २५३ पुगेको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस