मतपत्र छाप्न तयारी अवस्थामा रहन जनक शिक्षालाई शिक्षामन्त्रीको निर्देशन « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

मतपत्र छाप्न तयारी अवस्थामा रहन जनक शिक्षालाई शिक्षामन्त्रीको निर्देशन


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । शिक्षा मन्त्री कृष्ण गोपाल श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्रलाई मतपत्र छाप्न तयारी अवस्थामा रहन भनेका छन् ।

मन्त्री श्रेष्ठले निर्वाचन आयोगले आदेश दिने बित्तिकै खरर मतपत्र छापिने गरी तयारीमा रहन भनेका हुन् ।

‘कुनै पनि बेला आदेश आउन सक्छ’ मन्त्री श्रेष्ठले भने ‘मतपत्र छाप्ने स्थितिमा तपाईँहरू तयार रहनुस्’

उनले पाठ्यपुस्तक समयमै छाप्न सकेन भन्ने विगतको गुनासो आफू अव सुन्न नचाहने बताउँदै समयमै किताब छाप्न निर्देशनसमेत दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस