देउवा र दाहालबीच बुढानीलकण्ठमा भेटवार्ता « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

देउवा र दाहालबीच बुढानीलकण्ठमा भेटवार्ता


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । देउवालाई भेट्न अध्यक्ष दाहाल मंगलबार साँझ उनको निवास बुढानीलकण्ठ पुगेका हुन् ।

माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज बसेको स्थायी कमिटी बैठकमा  माओवादी केन्द्रले कांग्रेस र जसपासँग छलफल गर्ने निर्णय गरेको थियो।

स्रोतका अनुसार सोही अनुरुप छलफका लागि अध्यक्ष दाहाल सभापति देउवालाई भेट्न पुगेको हुनसक्ने अनुमान गरिएको भएपनि दुई बीच के कुरा भएको थियो भन्ने खुलाइएको छैन ।

ओलीलाई प्रधानमन्त्रीबाट हटाएर नयाँ गठबन्धन बन्न सक्ने चर्चाबीच प्रचण्ड र देउवाबीच भेटघाट भएको छ। स्रोतका अनुसार देउवा र प्रचण्डबीच २० मिनेट कुराकानी भएको हो। देउवालाई भेटेर प्रचण्ड फर्किसकेका छन्।

सर्वोच्चले नेपाल कम्युनिष्ट पार्टी ऋषि कट्टेलको भएको फैसला गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई अब बहुमत पुर्‍याउन अर्को दलका सांसद आवश्यक पर्छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस