पूर्वमन्त्री नवीन्द्रराज जोशी फेरि कोमामा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पूर्वमन्त्री नवीन्द्रराज जोशी फेरि कोमामा


२५ फाल्गुन २०७७, मंगलबार


काडमाडौँ । मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ।

शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि उनलाई फेरि कोमामा राखिएको छ। उनलाई भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्।

५७ वर्षका जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचार जारी छ। उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्।

जोशीको डाक्टर राजिव झा नेतृत्वको चिकित्सक टोलीले उपचार गरिरहेको छ।

सम्बन्धित समाचार : कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा सामान्य सुधार

Tags :
प्रतिक्रिया दिनुहोस