कर्णाली नदीमा बेपत्ता थप दुईजनाको शव भेटियो « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णाली नदीमा बेपत्ता थप दुईजनाको शव भेटियो


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । कर्णाली नदीमा बेपत्ता भएका एकै परिवारका पाँच जनामध्ये ४ जनाको शव भेटिएको छ ।

तीन छोरी र एक छोरासहित कर्णालीमा बेपत्ता भएकी दैलेख आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवाल र उनका छोरा १० वर्षीया ललितको शव भेटिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक राजेश साहुले जानकारी दिए ।

आमाछोराको शव अछामको पञ्चदेवल विनायक नगरपालिका-४ स्थित कर्णाली नदीमा आज (मंगलबार) दिउँसो १२ बजेतिर फेला परेको हो ।

१६ वर्षीया छोरी कल्पना र १२ वर्षीया छोरी सरिता बडुवालको शव सोमबार नै फेला परेको थियो ।

५ वर्षीया छोरी रजनी बडुवालको अवस्था भने अझै अज्ञात छ । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा दैलेख र अछामको प्रहरी र गोताखोरको टोली खटिएको छ ।

सम्बन्धित समाचार : चार छोराछोरीसहित कर्णालीमा हाम फालेपछि…

Tags :
प्रतिक्रिया दिनुहोस