माओवादी केन्द्रको बैठक बस्दै, सरकारबारे निर्णय गर्ने « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रको बैठक बस्दै, सरकारबारे निर्णय गर्ने


प्रशासन संवाददाता

२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को बैठक बस्ने भएको छ । केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्न लागेको हो ।

बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने एक नेताले जानकारी दिएका छन् । बैठकमा शीर्ष नेता र स्थायी कमिटीका सदस्यहरू सहभागी हुने छन् ।

सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काएपछि पहिलो पटक माओवादी केन्द्रको बैठक बस्न लागेको हो। बैठकमा आगामी सत्ता समीकरणबारे छलफल गरिने बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस