आज बस्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

आज बस्ने भनिएको एमालेको सचिवालय बैठक स्थगित


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौं । मंगलबार बिहान बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जानकारी दिएको छ ।

मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरिएको थियो । नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो ।

यो समितिमा ईश्वर पोखरेलको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव हुन्छन् । यो समितिले पार्टीको व्यवस्थापन लगायतका काम गर्दछ ।

Tags :
प्रतिक्रिया दिनुहोस