म ओली पक्षमै छु : बिष्णु शर्मा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

म ओली पक्षमै छु : बिष्णु शर्मा


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)की सांसद बिष्णु शर्माले आफू प्रधानमन्त्री केपी शर्मा ओलीकै पक्षमा रहेको बताएकी छन् । सांसद शर्माले आफूलाई प्रचण्ड–माधव समूहमा लागेको भनी चरित्रहत्या गरिएको बताउँदै ओलीकै पक्षमा रहेको वक्तव्य निकालेर जानकारी दिएकी छन् ।

दाङबाट प्रतिनिधिसभा सदस्यमा समानुपातिक सांसद रहेकी शर्माले प्रेस विज्ञप्तिमार्फत आफू राजनीतिमा लागे देखिनै मूल नेतृत्वको पक्षमा रहेको र संसदमा आफ्नो पक्ष बलियो देखाउन आफूलाई ओली विरोधी पक्षमा लागेको भनेर चरित्रहत्या गरेको बताइन्

उनले भनिन्, ‘म केपी शर्मा ओलीले नेतृत्व गरेको मूल पार्टीमै रहेकाले भ्रममा नपर्न सबैमा आग्रह गर्दछु । मलाई नसोधी केही नेताहरूले मेरो नाममा राजनीति गर्दै सञ्चार माध्यमको आडमा चरित्रहत्या गरेको पाइयो । अदालतको पछिल्लो निर्णयले म अत्यन्तै उत्साहित भएको छु ।

Tags :
प्रतिक्रिया दिनुहोस