आज धुम्बाराहीमा एमालेको कार्यालयको नाम र साइनबोर्ड फेरिने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

आज धुम्बाराहीमा एमालेको कार्यालयको नाम र साइनबोर्ड फेरिने


२५ फाल्गुन २०७७, मंगलबार


काठमाडौँ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) लाई पहिलेकै अवस्थामा ब्युँताएपछि धुम्बाराहीको पार्टी कार्यालयमा एमाले नामको साइनबोर्ड राखिने भएको छ ।

मङ्गलवार कार्यालयको नाम र साइनबोर्ड परिवर्तन गर्ने र बुधवारसम्म मुख्यालयमा एमाले नाम परिवर्तन गरिसक्ने एमाले निकट स्रोतले जानकारी दिएको छ । जिल्लास्तरमा पनि एमालेको कार्यालय रहेको भवन एमाले कार्यालय नै रहने जनाइएको छ ।

यस्तै माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामै रहने भएको छ । एकताभएपछि दुवै ठाउँमा नेकपाको केन्द्रीय कार्यालय रहँदै आएको थियो ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र मिली नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गठन भएको थियो। तर त्यसअघि नै निर्वाचन आयोगमा ऋषि कट्टेल अध्यक्ष रहेको नेकपा नामक दल दर्ता रहेकाले सोही नामको अर्को दल दर्ता गर्न नमिल्ने सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पहिलेकै अवस्थामा ब्युँताएको हो।

Tags :
प्रतिक्रिया दिनुहोस