लोक सेवा आयोगका पदाधिकारीको मर्यादाक्रम पुनरावलोकन गर्न माग, प्रत्येक वर्ष फागुन २३ मा राष्ट्रिय सम्मेलन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

लोक सेवा आयोगका पदाधिकारीको मर्यादाक्रम पुनरावलोकन गर्न माग, प्रत्येक वर्ष फागुन २३ मा राष्ट्रिय सम्मेलन गर्ने


२४ फाल्गुन २०७७, सोमबार


संघीय निजामती सेवा

बनेपा । लोक सेवा आयोगहरूको पहिलो राष्ट्रिय सम्मेलनले आयोगका अध्यक्ष र सदस्यहरूको मर्यादाक्रम पुनरावलोकन गर्न माग गरेको छ ।

सरकारले २०७६ वैशाख १६ गते निर्धारण गरेको लोक सेवा आयोग र प्रदेश लोक सेवा आयोगका अध्यक्ष तथा सदस्यहरूको मर्यादाक्रममा सम्मेलनले असहमति जनाउँदै प्रचलित कानुनी व्यवस्था, नियुक्ति र बर्खास्तको प्रक्रिया तथा वहन गर्नुपर्ने जिम्मेवारी समेतलाई दृष्टिगत गरी मर्यादाक्रम पुनरावलोकन गर्न माग गरेको हो ।

सम्मेलनले प्रत्येक वर्ष फागुन २३ गतेका दिन लोक सेवा आयोगहरूको राष्ट्रिय सम्मेलन आयोजना गर्नेसमेत निर्णय गरेको छ ।

सम्बन्धित समाचार : यस्ता छन् लोक सेवा आयोगका ६ अध्यक्षहरूद्वारा घोषित ५ प्रतिबद्धता

प्रादेशिक संरचनाअनुसार प्रदेश लोक सेवा आयोग स्थापनापछि लोक सेवा आयोगको ‘प्रथम राष्ट्रिय सम्मेलन’ सोमबार काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । सो सम्मेलनले विभिन्न ७ बुँदे निर्णयहरू गरेको छ ।

यस्ता छन् निर्णयहरू

Tags :
प्रतिक्रिया दिनुहोस