थप ६६ जनामा कोरोना पुष्टि, ५८ जना संक्रमणमुक्त « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

थप ६६ जनामा कोरोना पुष्टि, ५८ जना संक्रमणमुक्त


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । सोमबार नेपालमा थप ६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा ६६ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ७२१ पुगेको छ।

पछिल्लो २४ घन्टामा ५८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएर घर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या दुई लाख ७० हजार ८८६ पुगेको छ।

अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस