भीम रावललाई ओलीको जवाफ : प्रधानमन्त्री कुन पार्टीको हो भन्‍ने जान्न सर्वोच्च जानुस् « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भीम रावललाई ओलीको जवाफ : प्रधानमन्त्री कुन पार्टीको हो भन्‍ने जान्न सर्वोच्च जानुस्


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल-नेपाल समूहका नेता भीम रावललाई सर्वोच्च अदालतमा गएर कुन पार्टीको प्रधानमन्त्री हो भनेर सोध्न आग्रह गरेका छन् ।

आइतबारदेखि सुरु भएको प्रतिनिधिसभा बैठकमा सांसद भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्‍न गरेका थिए । सोमबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले केही मान्छेले अदालतले भनेको पनि नसुन्ने गरेको आरोप लगाएका हुन् ।

रावललाई जवाफ दिँदै ओलीले भने, ‘हुँदाहुँदा प्रधानमन्त्री कुन पार्टीको हो जानकरी पाउँ रे । सर्वोच्च अदालत जाउ कुन पार्टीको हो भन्ने जानकारी लिन ।’ उनले उल्टै रावललाई प्रश्न गरे, ‘मैले उहाँहरुलाई सोध्न नपरोस् तपाईं कुन पार्टीको हो ?’

सर्वोच्च अदालतले आइतबार आधिकारिक नेकपा ऋषि कट्टेलको हो भनेपछि साविककै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

त्यस्तै प्रधानमन्त्री ओलीले पुनस्स्थापित संसदमा देशका समस्याबारेमा छलफल हुन पाउनुपर्ने भए पनि आइतबार त्यस्तो अवस्था नभएको बताए ।

आइतबारको संसद् बैठक दाहाल-नेपाल समूहले बहिष्कार गरेको थियो भने प्रमुख प्रतिपक्षी दल कांग्रेस र जसपाले नाराबाजी गर्दै रोष्ट्रम घेरेका थिए । त्यसपछि संसद्को बैठक बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

 

Tags :
प्रतिक्रिया दिनुहोस