निर्वाचन आयोगमा दर्ता भएका नेपाल कम्युनिष्ट पार्टी (सूचीसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निर्वाचन आयोगमा दर्ता भएका नेपाल कम्युनिष्ट पार्टी (सूचीसहित)


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । निर्वाचन आयोगमा हालसम्म १३२ वटा दल दर्ता भएका मध्ये आठ ओटा नेपाल कम्युनिष्ट पार्टी दर्ता भएका छन् ।

आइतबार सर्वोच्च अदालतबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको नाममा रहेको नेकपाको पक्षमा फैसला भएपछि राजनीतिक तरङ्ग पैदा भएको छ । सर्वोच्चको फैसलाले वाम एकता भाँडिएको छ भने राजनीतिक सङ्कट पनि चुलिएको छ ।

साबिकको पार्टी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) नामक पार्टी नै कायम हुने अवस्था पनि देखिएको छ । तर यी पार्टी पनि माओवादी केन्द्र र एमालेको एकता पछि अरूले नै दर्ता गरिसकेको अवस्था छ ।

वि.स. २०७५ जेठ २३ गते नेपाल कम्युनिष्ट पार्टी(ने क पा) नेपालकै ठुलो पार्टीको रूपमा दर्ता भएको थियो । त्यसअघि नेपालमा चार ओटा मात्रै कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा दर्ता भएका थिए ।

नेपाल कम्युनिस्ट पार्टी (माले), नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी), नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी निर्वाचन आयोगमा दर्ता भइसकेका थिए । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)एकीकरण भएर आयोगमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम दर्ता गराउन खोजिएको थियो । तर, नाम जुध्ने भन्दै ने, क र पा बीचमा स्पेस राखेर दल दर्ता गरिएको थियो ।

कट्टेलले आफ्नो दल र दर्ता भएको नयाँ दलको मूल नाम र छोटकरी नाम एकै रहेको तथा उस्तै सुनिने भएकाले नयाँ दल दर्ता बदर गर्ने फैसला गरिदिन माग गर्दै सर्वोच्च अदालतमा रिट हालेका थिए ।

निर्वाचन आयोगले केपी ओली र पुष्पकमल दाहाल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी(ने क पा)लाई वैधानिकता दिइसकेको थियो । त्यसपछि नेपाल कम्युनिस्ट पार्टी नामका थप तीन दल दर्ता भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल) र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) भनेर त्यसपछि आयोगमा दर्ता भएका पार्टी हुन्।

यद्यपि नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र मोहन वैद्य ‘किरण’ नेतृत्वको नेपा कम्युनिष्ट पार्टी भने आयोगमा दर्ता भएका देखिँदैनन् । तर उनीहरूले आफ्नो दल विप्लवले नेपाल कम्यनिष्ट पार्टी र निरणले नेकपा क्रान्तिकारी माओवादी रहेको दाबी गर्दै आएका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका नेपाल कम्युनिष्ट पार्टी
१. नेपाल कम्युनिस्ट पार्टी (माले)
२. नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी)
३. नेपाल कम्युनिस्ट पार्टी
४. नेपाल कम्युनिस्ट पार्टी राष्ट्रवादी
५. नेपाल कम्युनिस्ट पार्टी (ने क पा)
६. नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)
७ .नेपाल कम्युनिस्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
८. नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)

हाल नेपालमा १३२ ओटा दल दर्ता भएका छन् । ती हुन्

 

 

 

 

 

 

 

Tags :
प्रतिक्रिया दिनुहोस