प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक, सर्वोच्चको फैसलाबारे छलफल गर्ने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटी बैठक, सर्वोच्चको फैसलाबारे छलफल गर्ने


२४ फाल्गुन २०७७, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले स्थायी कमिटी बैठक बोलाएको छ।

आइतवार सर्वोच्च अदालतले नेकपा नाम ऋषि कट्टेलको भएको फैसला गरेपछि आवश्यक छलफल गर्न स्थायी कमिटीको बैठक बोलाएको हो ।

बैठक आज बिहान ११ बजे बस्ने उक्त समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। साथै उनीहरूले आइतबार नै कानुन व्यवसायीहरूसँग छलफल पनि गरेका थिए।

प्रचण्डलगायतका नेताहरुले सर्वोच्च अदालतको उक्त फैसला अपेक्षा गरे भन्दा बेग्लै भएको प्रतिक्रियासमेत दिएका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस