११ लाख घुससहित प्रहरी हवलदार श्रेष्ठ पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

११ लाख घुससहित प्रहरी हवलदार श्रेष्ठ पक्राउ


२४ फाल्गुन २०७७, सोमबार


अख्तियार

काठमाडौँ । महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरमा कार्यरत प्रहरी हवलदार तारा कुमारी श्रेष्ठ ११ लाख रुपैयाँ घुससहित पक्राउ परेकी छिन् ।

भन्सार चोरी निकासीको अभियोगमा त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर काठमाडौँले महानगरी प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाई दिन्छु भनी सेवाग्राहीसँग ११ लाख घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेकी हुन् ।

सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीद्वारा प्रहरी हवलदार श्रेष्ठलाई सेवाग्राहीबाट उक्त रकम लिई वल्ड टाउन क्याफे र पब रेस्टुरेन्ट चाबहिलका सञ्चालक अनिस जोशीलाई राख्न दिएको अवस्थामा रकमसहित दुबैजनालाई काठमाडौँ महानगरपालिका वडा नं. ९ स्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौँको कार्यालय प्रवेश गर्ने मुलगेट अगाडिबाट नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए ।

दुबैजनालाई लाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको सहायक प्रवक्ता भण्डारीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस