अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रम ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँ : प्रम ओली


२३ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

अपराह्न करिब ४ बजे संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री ओली करिब आधा घण्टा बसेर फकिएका थिए । अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अधिवेशन अहिलेसम्म सुरु भएको छैन ।

सर्वोच्च अदालतले आजै नेपाल कम्युनिस्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (नेकपा) र नेकपा(माओवादी केन्द्र) अलगअलग राजनीतिक दलका रूपमा साबिककै अवस्थामा कायम रहने फैसला गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस