प्रधानमन्त्रीको पार्टी कुन हो ? « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रधानमन्त्रीको पार्टी कुन हो ?


प्रशासन संवाददाता

२३ फाल्गुन २०७७, आइतबार


काठमाडौं । प्रतिनिधिसभाका सदस्य भीम रावलले सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गरेसँगै प्रधानमन्त्री कुन पार्टीको हो भन्ने प्रश्न उठाएका छन् ।

संसद विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलाअनुसार संसद बैठक बस्ने दिन नै सर्वोच्च अदालतले नेकपाको नाम विवादमा फैसला गरेको थियो । संसदको आइतबार (आज) बसेको प्रचण्ड–माधव समूहका सांसद भीम रावलले विषेश समय लिएर कार्यसूचीमा अध्यादेश आएको भन्दै विरोध गरे ।

सर्वोच्चको फैसला कानुनी हो कि राजनीतिक हो भन्ने विचार विमर्ष गर्नुपर्ने रावलले बताए । ‘प्रधानमन्त्री कुन पार्टीबाट हुनुहुन्छ ? उहाँले कुन पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ ? त्यो स्पष्ट भएर मात्र यी अध्यादेशहरु यथोचित हुन् कि होइनन् तिनको बैधता हो कि होइन भन्ने निक्र्योल गर्न जरुरी छ ।’ रावलले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस