पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि , ५८ जना संक्रमणमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पछिल्लो २४ घण्टामा ६६ जनामा कोरोना संक्रमण पुष्टि , ५८ जना संक्रमणमुक्त


प्रशासन संवाददाता

२३ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई लाख ७४ हजार ७ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार ८ सय ८६ पुगेको छ ।

यस्तै नेपालमा हालसम्म ३ हजार १० संक्रमितको मृत्यु भइसकेको छ भने पछिल्लो २४ घण्टामा कुनै पनि कोरोना संक्रमितको मृत्यु भएको छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस