दाहाल-नेपाल समूहको पत्र संसद् सचिवालयमा दर्ता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

दाहाल-नेपाल समूहको पत्र संसद् सचिवालयमा दर्ता


२३ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । संसद् सचिवालयमा नेकपा संसदीय दलको नेता परिवर्तनको जानकारी पत्र दर्ता भएको छ ।

पुष्पकमल दाहाल संसदीय दलको नेतामा चयन भएको ब्यहोराको पत्र सङ्घीय संसद् सचिवालयमा दर्ता भएको हो ।

मुख्य सचेतकमा देवप्रसाद गुरुङलाई निरन्तरता दिएको छ ।

आइतबार दिउँसो दाहाल–नेपालसहित सांसदहरू निवेदन लिएर महासचिवलाई भेट्न गएका थिए ।

महासचिवले पत्र बुझे पनि दर्ता गर्न भने मानेका थिएनन् ।

सम्बन्धित समाचार : संसद् सचिवालयका महासचिवले दर्ता गर्न मानेनन् प्रचण्ड–माधव समूहको निर्णय

फागुन २१ गतेको दाहाल–नेपाल पक्षको संसदीय दलको बैठकले दाहाललाई दलको नेता चयन गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस