नेकपा राख्ने निर्वाचन आयोगको निर्णय खारेज, ऋषि कट्टेलको पक्षमा फैसला(पूर्ण पाठसहित) « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेकपा राख्ने निर्वाचन आयोगको निर्णय खारेज, ऋषि कट्टेलको पक्षमा फैसला(पूर्ण पाठसहित)


२३ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज गरेको छ ।

न्यायाधीशहरू बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको हो ।

ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी निर्वाचन आयोगमा दर्ता भइसकेको अवस्थामा ३ जेठ २०७५ मा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकीकरण भएपछि उक्त पार्टीको नाम पनि नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राखी निर्वाचन आयोगमा पेस गरेका थिए । जसलाई निर्वाचन आयोगले मान्यता दिएको थियो ।

आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम दिएर अर्को पार्टी दर्ता गर्न दिएको भन्दै कट्टेलले सर्वोच्च अदालतमा रिट दिएका थिए ।कट्टेलले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पनि आयोगको निर्णय गलत भनी दाबी गरेका थिए ।

अदालतको यो निर्णयसँगै हाल दुई खेमामा विभाजित नेकपामाथिको दाबी विवाद थप जटिल बनेको छ भने अब दुवै पक्ष मिलेर पार्टीको मूल नामको पछाडि अर्को शब्द झुन्ड्याउनु पर्नेछ ।

यस्तो छ पूर्णपाठ

Tags :
प्रतिक्रिया दिनुहोस