सांसदहरूलाई ठोस तयारीका साथ प्रस्तुत हुन प्रधानमन्त्रीको निर्देशन « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सांसदहरूलाई ठोस तयारीका साथ प्रस्तुत हुन प्रधानमन्त्रीको निर्देशन


२३ फाल्गुन २०७७, आइतबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले आज दिउँसो ४ बजे बोलाइएको संसद् अधिवेशनमा ठोस तयारीका साथ उपस्थित हुन सांसदहरूलाई निर्देशन दिएका छन् ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले संसदीय मर्यादा र अनुशासनको ख्याल राख्दै जनताका आवाजलाई संसदमा मुखरित गर्न सांसदहरू प्रतिस्पर्धी र अब्बल हुनुपर्नेमा जाडे दिएको संसदीय दलले जनाएको छ ।

प्रधानमन्त्री ओलीले सांसदहरूको क्षमता अभिवृद्धिमा पार्टीको ध्यान पुग्न नसकेको बताए । उनले सांसदहरूको क्षमता प्रस्तुत गर्ने स्थल भनेको संसद् भएको बताउँदै त्यसका लागि ठोस तयारी गर्न सांसदहरूलाई आग्रह गरे । उनले भने,‘सांसदहरूले आफ्नो क्षमता प्रस्तुत गर्ने स्थल भनेको संसद् हो, त्यसका लागि ठोस तयारी गर्नुस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस